अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

पोखरा महानगरपालिकामा मेयर र उपमेयरमा गठबन्धनको अग्रता

बिआरटीनेपाल २०७९ जेठ १ गते ५:५४ मा प्रकाशित

पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । आइतबार साँझसम्म ३ हजार मतगणना हुँदा मेयरका लागि सत्ता गठबन्धनतर्फका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गर्नुभएको छ । दुबैबीच कडा प्रतिस्पर्धा भएको छ ।यसैगरी, राप्रपाका शंकर खरालले १ सय ८४ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६५ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा यसअघि एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकोमा उहाँलाई सत्ता गठबन्धनबाट कांग्रेसकै उम्मेदवार कोपिला रानाभाटले उछिल्नु भएको छ । कोपिलाले ३ हजार मतगणनामा १ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार १ सय ६५ मत प्राप्त भएको छ । मेयर र उपमेयर दुबैमा गठबन्धन ८१ मतले अघि रहेका छन् । उपमेयरमा राप्रपाकी उम्मेदवार रञ्जना सेनले १ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

पोखरा महानगरका कुल ३३ वटा वडामध्ये वडा नम्बर १, २, १२, २३ र २४ को मात्र मतगणना भइरहेको छ । वडा २५ को गणना सुरु हुन लागेको छ । सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समिति (जिसस) को भवनमा मतगणना भइरहेको छ । ढिलोगरी मात्र पोखरामा शनिबार दिउँसो करिब ४ बजेदेखिमात्र मतगणना सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू