अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा अन्धाधुन्द गोली प्रहार हुँदा कम्तिमा १० को मृत्यु

बिआरटीनेपाल २०७९ जेठ १ गते ५:४८ मा प्रकाशित

अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्द गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् ।

घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती युवक भारी हतियारले सु–सुजित भएको खुलेसा भएको छ ।

सुपरमार्केट प्रवेशका समयमा उनले कवज र हेलमेट लगाएका थिए । उनी न्युयोर्कको स्थायी वासिन्दा नभई ६ घण्टाको यात्रा गरी न्युयोर्कको सुपरमार्केटमा प्रवेश गरेको खुलासा भएको छ । घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू