अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

फिनल्याण्डलाई नेटोमा आवद्ध नहुन रुसी राष्ट्रपति पुटिनको चेतावनी

बिआरटीनेपाल २०७९ जेठ १ गते ५:३९ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले छिमेकी राष्ट्र फिनल्याण्डलाई नेटोको सदस्यता नलिन चेतावनी दिनुभएको छ । राष्ट्रपति पुटिनले फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोलाई टेलिफोन गरी नेटोमा आवद्ध नहुन चेतावनी दिनुभएको हो ।

पुटिनले क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने काम नगर्न पनि चेतावनी दिएको बताईएको छ । स्वीडेनले नेटो गठबन्धनमा सामेल हुने घोषणा गरेपछि फिन्ल्याण्डमा पनि नेटो गठबन्धनमा सामेल हुने विषयमा बहस तीब्र भएको छ ।

फिनल्याण्ड र रुसबीच १७ सय किलोमिटर लामो सीमा जोडिएको छ भने फिनल्याण्ड उर्जाका लागि रुसमा निर्भर छ । रुसले फिनल्याण्ड र स्वेडेन नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक शक्ति तैनाथ गर्ने बताइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू