अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

सुनगाभा विशेषज्ञ प्राडा पन्तलाई नइ प्रदीप्ति र तेस्रोलिङ्गी शाहलाई रामलक्ष्मी पुरस्कार

बिआरटीनेपाल २०७९ जेठ १ गते ५:१४ मा प्रकाशित

नइ प्रकाशनले २०७८ सालका लागि सुनगाभा विशेषज्ञ प्रा डा विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। ती दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजारका छन्।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँका अध्यक्षतामा बसेको प्रकाशनको बैठकले काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार ठाकुर बेलबासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

ती तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही पचास हजार रहने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले विज्ञप्तिमा जनाउनुभएको छ। साथै मिस नेवा कृसा महर्जनलाई ताम्रपत्रसहित रु पच्चीस हजारको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू