अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

स्पेनद्वारा महिलालाई प्रत्येक महिनाको ३ दिन अतिरिक्त विदा दिने निर्णय

बिआरटीनेपाल २०७९ वैशाख ३१ गते १०:०१ मा प्रकाशित

स्पेनका महिलाहरूलाई महिनावारीको समयमा हुने पीडाका लागि स्पेन सरकारले हरेक महिनामा ३ दिन अतिरिक्त विदा दिने निणर्य गरेको छ । पश्चिमका देशहरूमा महिनावारीको समयमा महिलालाई यसरी विदा दिने पहिलो देश स्पेन हो । महिनावारीको समयमा हुने पीडाको लागि दिइने विदाको सीमा ३ दिन तोकिएको छ । स्पेन सरकारले आगामी सातादेखि देखि यी सुधारहरू लागू गर्न लागेको छ । त्यस्तै स्पेन सरकारका मन्त्रीहरुले विद्यालयले पनि किशोरीहरूका लागि सेनेटरी प्याड उपलब्ध गराउन आवस्यक रहेको बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाउका छन् ।

महिनावारीको समयमा अतिरिक्त ३ दिन विदा दिने देशहरूमा जापान, दक्षिण कोरिया, इन्डोनेसिया र जाम्बिया रहेका थिए भने अब यो सूचीमा स्पेन पनि थपिएको छ । स्पेन सरकारले यसको उद्देश्य महिलाहरुलाई असह्य पीडाका बेला सहयोग होस भन्ने रहेको जनाएको छ । त्यसैगरी स्पेनमा सेनेटरी प्याड र ट्याम्पोनबाट पनि भ्याट हटाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू