अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

भारतमा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु, १२ घाइते

बिआरटीनेपाल २०७९ वैशाख ३१ गते ९:४३ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १२ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यामले जनाएको छ । आगालागी हुँदा सो भवनभित्र ७० जना भन्दा बढी मानिसहरू थिए ।

आगलागी सुरु भएसँगै सुरक्षाकर्मीले भवनमा झ्याल फोरेर त्यहाँ उनीहरूको उद्दार गरेका थिए । दिल्लीस्थित मुण्डका मेट्रो स्टेशन नजिकै भएको घटनामा आगो नियन्त्रणका लागि २० वटा भन्दा बढी दमकल परिचालन गरिएको थियो । विद्युत सर्ट हुँदा भवनमा आगो लगेको हुन सक्ने सुरक्षा अधिकारीहज्ञको प्रारम्भिक अनुमान छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आगलागीमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका आफन्तलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । सो व्यापारीक भवनमा अग्नि नियन्त्रणको व्यवस्था नभएकाले ठूलो मानवीय क्षति भएको अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू