अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 06:01

पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०७९ वैशाख ३१ गते ९:३५ मा प्रकाशित

सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्राेलियम पदार्थकाे भाउ बढाएकाे हाे ।

आज रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ  बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेकाे छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ ।

अहिलेलाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू