अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

ब्ल्याक होलको तस्वीर सार्वजनिक

बिआरटीनेपाल २०७९ वैशाख ३० गते ६:०६ मा प्रकाशित

आकाशगंगाको केन्द्रमा रहेको विशाल ब्ल्याक होलको पहिलो पटक दृश्यमा कैद गरिएको तस्वीर सार्वजनिक भएको छ ।

साजिटेरिअस ए ८ को रूपमा चिनिने यस अविश्वसनीय वस्तु सूर्यभन्दा चार लाख गुणा ठूलो छ । सार्वजनिक भएको तस्बिरमा एक ठूलो प्वाल रहेको र यसको बीच भाग अन्धकार भएको देखिएको छ । जसलाई अत्यधिक गुरुत्वाकर्षण बलद्वारा तातेको ग्यासबाट प्रसारित प्रकाशले घेरेको देखिन्छ ।

अनुमानित बुधको कक्षको आकारको यो गोलाकार करिब छ करोड किलोमिटर टाढा रहेको बताइएको छ । यो करिब २६ हजार प्रकाशवर्षको दूरीमा छ ।

निकै टाढा भएकाले हामी ब्ल्याक होलले निम्त्याउने कुनै खतराको जोखिममा नभएको बताइएको छ ।

ब्ल्याक होलको तस्बिर इभेन्ट होराइजन टेलिस्कोप ईएचटी नामक अन्तर्राष्ट्रिय समूहको सहकार्यमा निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू