अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

पौने ५ बजेसम्म ६० प्रतिशत मतदान, अझै बढ्नसक्ने आयोगको अनुमान

बिआरटीनेपाल २०७९ वैशाख ३० गते ६:०० मा प्रकाशित

 निर्वाचन आयोगले ६० प्रतिशत मतदान भएको जनाएको छ  । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पौने पाँच बजेसम्म ६० प्रतिशत मतदान भएको जानकारी दिनुभयो ।यद्यपि यो तथ्याङ्क अझै बढ्नसक्ने उहाँले बताउनुभयो । मतदानका लागि केन्द्रमा प्रवेश गरिसकेकाहरुले अझै पनि मतदान जारी रहकाले अझै पनि मतदाताको संख्या बढ्नसक्ने उहाँको भनाइ छ ।

यस्तै, निर्वाचन आयोगले मतपेटिका मतगणना स्थलमा आइसकेपछि मतगणना सुरु गरिने जनाएको छ ।

सुगम स्थानहरूमा आज साँझबाट मतगणना सुरु गर्न सकिने भए पनि दुर्गम पालिकाहरुमा भने मतपेटिका आइसकेपछि हुने प्रवक्ता शर्माले बताउनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू