अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

यूएईका राष्ट्रपति शेख खलिफा बिन जायदको निधन, ४० दिनसम्म शाेक मनाइने

बिआरटीनेपाल २०७९ वैशाख ३० गते ५:४५ मा प्रकाशित

संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको ७३ वर्षको उमेरमा आज निधन भएको छ ।

यूएईको एक प्रान्त आबुधाबीका शासक पनि रहनुभएका राष्ट्रपति खलिफाको निधनमा ४० दिनसम्म राष्ट्रिय झण्डालाई आधा झुकाएर शोक मनाउने घोषणा गरिएको छ । यस्तै तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने त्यहाँको राष्ट्रपतिको कार्यालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ।

शेख खलिफा विगत केही वर्षदेखि बिरामी हुनुहुन्थ्यो । उहाँ आफ्ना बुवा शेख जायद बिन शुल्तान अल नयनको निधनपछि सन् २०१४ देखि यूएईको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । शेख खलिफालाई आधुनिक यूएईका निर्माता पनि मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू