अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

आजै बेलुकादेखि मतगणना सुरु हुने

बिआरटीनेपाल २०७९ वैशाख ३० गते ३:०३ मा प्रकाशित

पालिका चुनाव अन्तर्गत मतदान कार्य सकिएपछि आज शुक्रवार बेलुकादेखि मतगणना सुरु हुने भएको छ ।

आज बेलुका ५ बजेसम्म मतदान हुने भनिए पनि त्याे समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइनेछ । मतदान सकिएपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरूपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मतगणना सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको जनाइएको छ । देशभर सात सय ५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार नाै ५५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा सामान्य विवादका कारण मतदान राेकिएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू