अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

युक्रेनमा झन्डै एक तिहाइकाे रोजगारी गुमेकाे छ : राष्ट्र सङ्घ

बिआरटीनेपाल २०७९ वैशाख २९ गते ३:५९ मा प्रकाशित

युक्रेनमा युद्ध सुरु भएयता झन्डै एक तिहाइकाे रोजगारी गुमेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ।

रुसले युक्रेनमा आक्रमण थालेपछि अहिलेसम्म तीस प्रतिशत अर्थात ४८ लाखले रोजगारी गुमाएका संयुक्त राष्ट्र सङ्घको भनाइ छ।

संयुक्त राष्ट्र सङ्घले यदि युद्ध थप लम्बियो भने झनै नराम्रो अवस्थाको सामना गर्नुपर्ने चेतावनी समेत दिएको समाचार संस्था एएफपीले जनाएको छ । यसअघि अमेरिकी गुप्तचर निकायले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारीमा रहेका दाबी गरेको थियो।

लम्बिँदै गएको युद्धबाट आर्थिक अवरोध, आन्तरिक विस्थापन र बढ्दो शरणार्थी, रोजगारी र आम्दानी विभिन्न पक्षबाट नोक्सान भइरहेको संयुक्त राष्ट्र सङ्घको अन्र्तर्राष्ट्रिय श्रम सङ्गठनले उल्लेख गरेको छ । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ।

यसैबीच युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । प्रधानमन्त्री डेनिस समहालले मन्त्रिपरिषद् बैठकले युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सम्पत्ति जफत गर्ने अनुमति दिएको बताउनुभएको छ।

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचना पुनर्निर्माणका लागि एउटा कोषको स्थापना गरेको पनि गरेको छ । रुसको जफत भएको सबै सम्पत्ति कोषमा जम्मा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू