अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

युभेन्ट्सलाई पराजित गर्दै इन्टरलाई कोपा इटालियाको उपाधि

बिआरटीनेपाल २०७९ वैशाख २९ गते ३:२६ मा प्रकाशित

युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ ।

रोमामा बुधबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै इन्टरले उपाधि जितेको हो ।

इन्टरलाई उपाधि दिलाउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको एक एक गोल गरे । युभेन्ट्सका एलेक्स सान्ड्रो र डुसान भाल्होभिचले एक एक गोल गरे ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिदा इन्टरले बाजी मार्न सफल भयो ।

निर्धारित खेलको छैटौं मिनेटमा निकोलाले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा सान्ड्रोले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा भाल्होभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । ८० औं मिनेटमा हाकनले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई २–२ को बराबरीमा ल्याए ।

खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको ९९ औं मिनेटमा इभानले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । त्यसपछि १०२ औं मिनेटमा इभानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ४–२ को जित दिलाए ।

प्रतिक्रिया