अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

८ सयले बढ्यो सुनको मूल्य

बिआरटीनेपाल २०७९ वैशाख २९ गते ३:०५ मा प्रकाशित

साताको पाँचौं दिन बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सयले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू