अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

१९औं एसियाली खेलकुदका लागि महिला भलिबलतर्फ ३५ खेलाडी छनोट

बिआरटीनेपाल २०७९ वैशाख २७ गते ७:१८ मा प्रकाशित

चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि नेपाल भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले छैटौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगबाट ३५ खेलाडी छनोट गरेको हो ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो । कोरोना महामारीको कारण एसियन गेम्स स्थगित गरिएको हो । यस अघि एसियन गेम्स भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका रहेको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू