अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

प्रशिक्षक–खेलाडी विवाद : छानबिन समिति गठन, १ हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन

बिआरटीनेपाल २०७९ वैशाख २५ गते ८:१० मा प्रकाशित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादबारे छानिबन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।ललितपुरकाे एन्फा मुख्यालयमा आज आइतवार बसेको कार्यसमितिकाे आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादबारे छानबिन गर्न आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा रहेका छन् । एन्फाले एक हप्तामा विवादबारे छानबिन गरेर प्रतिवेदन पेस गर्न एन्फालाई निर्देशन दिएको छ ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय खेलाडीले मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते १० जना खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताईरीले पटक–पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीहरूले बताउँदै आएका छन् । प्रशिक्षक अलमुताइरीले क्याम्प छाडेका खेलाडीको ठाउँमा नयाँलाई ठाउँ दिँदै प्रशिक्षण गराइरहेका छन् ।

प्रतिक्रिया