अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

जिम्बावे ‘ए’ विरुद्ध नेपालकाे शानदार जित

बिआरटीनेपाल २०७९ वैशाख २४ गते ६:४१ मा प्रकाशित

जिम्बावे ‘ए’ विरुद्धको एक दिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले ९ विकेटको शानदार जित निकालेको छ । ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ओभरमा विना विकेटको क्षति लक्ष्य पूरा गर्यो । नेपालका लागि आशिफ शेख र विनोद भण्डारीले अविजित रहँदै क्रमशः ३४ र ४ रन बनाए । सुनिल धमला ३८ रनमा आउट भए ।

जिम्बावे ‘ए’ को बलिङ नेपाल ब्याटिङसामू स्तब्ध बन्यो ।त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावे ‘ए’ ले ३१ ओभर १ बलमा ८७ रन जोड्दै अलआउट भयो ।जिम्बावे ‘ए’ लाई सस्तैमा समेट्ने क्रममा करण केसीले १७ र सोमपाल कामीले १६ रन दिएर ३–३ विकेट लिए । सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट लिए ।

यसअघि शुक्रबार भएको सिरिजअन्तर्गको पहिलो एक दिवसीय खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई ३ विकेटले पराजित गरेको थियो । सिरिजको अन्तिम खेल सोमबार हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरुप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

यसअघि नेपाल र जिम्बावे ए बीच भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू