अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

क्याम्प छाडेका १० फुटबलर राखेपमा, विवाद समाधान गर्नुपर्ने सदस्य सचिवको भनाइ

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:२६ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली फुटबलमा देखिएको विवाद चाँडै समाधान गर्नुपर्ने बताउनुभएको छ । ।मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीको समस्या सुनेपछि सदस्य सचिव घिसिङले यस्तो बताउनुभयो । त्यसअघि खेलाडीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई भेटेर अहिले देखिएको समस्याबारे जानकारी गराएका थिए ।

त्यसपछि एनएनआईपीए अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दिपक विष्ट, एन्फा अन्तर्गतका खेलाडी संघका अध्यक्ष विक्रम लामा र क्याम्प बाहिर रहेका १० खेलाडीले सदस्य सचिवलाई भेट गर्दै अहिलेसम्म भएका घटनाक्रम सुनाएका थिए ।खेलाडीको कुरा सुनेपछि सदस्य सचिव घिसिङले विवादबारे आफूले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग चाँडै निकास दिन मौखिक रूपमा भनिसकेको बताए । एन्फा अध्यक्षले यसबारे छलफल भइहरेको भनेर जानकारी गराए पनि ठोस निर्णय नगरेको उहाँको भनाइ छ ।

एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले प्रशिक्षकको काम खेलाडीलाई सिकाउने भन्दै व्यवस्थापन पाटो हेर्ने काम व्वयस्थापनको रहेको बताउनुभयो । नेपाल ओलम्पिक संघका अध्यक्ष दिपक विष्टले अहिलेको विवादले गर्दा खेलाडीहरूमाथि मानसिक तनाव भएको उहाको भनाई छ । खेलाडीहरूले भने सदस्यसचिव सामू यसबारेमा निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो । यसअघि खेलाडीले सोमबार खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका थिए । गत मंगलबार खेलाडीले बन्द प्रशिक्षण छाडेको घटनाबाट सुरु भएको विवाद एक साता लम्बिँदा पनि अहिलेसम्म निकास भने आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू