अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

सेन्ट लुइस मिजौरीमा अनेसासको बनभोज र साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टर अमेरिकामाको आयोजनामा बनभोज र साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । मे १ मा आयोजित कार्यक्रममा उपस्थित विभिन्न साहित्यकारहरूले आ–आफ्नो रचनाहरू वाचन गरेका थिए ।

“नेपाली भाषाको जगेर्ना र नेपाली पहिचान बचाउने” उद्धेश्यले अनेसास मिजौरी च्याप्टरबाट निरन्तर कोशिस जारी हुने कार्यक्रमकी अध्यक्ष एवं संचालिका च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले बताउनुभयो ।

कार्यक्रमको समापनपछि बनभोज र नाच गानको कार्यक्रम समेत गरिएको च्याप्टरले जनाएको छ । कार्यक्रममा सहभागिको उल्लेख्य सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया