अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

जन्मदाता प्रति

इन्दु पन्त २०७९ वैशाख १६ गते ७:०८ मा प्रकाशित

हे आमा ! जन्म दिएर मलाई संसार देखायौ
मायाले काखी च्यापेर मलाई सबलाई चिनायौ
अनिँदो रात बसेर कति ! मलाई सुतायौ
पहरा बनी रोकेर बाधा मलाई जोगायौ ।

अनेकौँ कष्ट आफूले पचाई मलाई बचायौ
जे जति आए ती दुःख बिर्सी मलाई हँसायौ
सम्बन्ध , नाता ,भाषा र भेष तिमीले बतायौ
पहिलो स्कुल घर हो भन्ने तिमीले सिकायौ ।

दैवको भार तिमीले बोक्यौ सृष्टिको अपार
संसार तिम्रै त्यागले आहा ! बनेको सुन्दर !
हे जन्मदाता ! जननी मेरी लाख छ प्रणाम
झुकेर तिम्रो चरणमाथि म पर्छु शरण !!

———————
चण्डोल, काठमाडौँ ।

प्रतिक्रिया