अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्यु योर्क च्याप्टरको अध्यक्षमा ममता

शान्तिराज राई २०७९ वैशाख १४ गते १८:३६ मा प्रकाशित

न्यु योर्क, युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्यु योर्क च्याप्टरको छैठौ अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको जयाक्सन हाइट अवस्थित घ्याल सुम्दोको केन्द्रीय हलमा आयोजित अधिवेशनको प्रमुख अतिथिमा केन्द्रका अध्यक्ष मुना राई विशेष अतिथि केन्द्रीय कोषाध्यक्ष नवनीकला राई अतिथि केन्द्रीय सदस्य सुखराज राई रहेका थिए । अधिवेशनले सर्वसम्मतमा ममता राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । सर्वसम्मत चुनिएका पधाधिकारिलाई संस्थाका केन्द्रीय अध्यक्ष केन्द्रीय कोषाध्यक्ष र निवर्तमान अध्यक्ष केशवराम राईले निर्वाचित कार्यसमितिलाई खादा लगाएर बधाई दिएका थिए।

पत्रकार तथा कलाकार शान्तिराज राई र नाछुंग पदम राईको उपस्थिति रहेको कार्यक्रममा मुना राई, नवीन कला राई र सुखराज राई निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाका हालका महासचिव सुसना राईले सञ्चालन गरेको कार्यक्रममा विभिन्न रूपले दिवङ्गत हुनुभएका संस्थाका सदस्य तथा अन्य राईहरूको समवेदना स्वरूप १ मिनेट मौन धारण गरिएको थियो ।

कार्यसमिति यस प्रकार रहेको छ :
अध्यक्ष- ममता राई
वरिष्ठ उपाध्यक्ष- वसन्ती राई
उपाध्यक्ष – कृष्ण पी. राई
महासचिव- सुसना राई
सचिव- सेलिना राई
कोषाध्यक्ष- तेशु राज राई
सह कोषाध्यक्ष- जानकी राई
कल्चर कोर्डिनेटर – रोशन राई
बोर्ड सदस्य – बिपन राई
बोर्ड सदस्य- संगम राई
बोर्ड सदस्य- विवेक राई
बोर्ड सदस्य- विकास राई
बोर्ड सदस्य- सौरभ राई
बोर्ड सदस्य – शान्ता राई
बोर्ड सदस्य – मैया देवी राई
बोर्ड सदस्य – सुदिप राई
बोर्ड सदस्य – इन्दिरा राई
बोर्ड सदस्य – युदिर राई
बोर्ड सदस्य – नारायण राई

प्रतिक्रिया