अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 12:58

गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक

बिआरटीनेपाल २०७९ वैशाख ९ गते २१:५८ मा प्रकाशित

गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ । खनालको आफ्नै युट्युब च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो ।

गीतमा नेपाल आइडलमा उत्कृष्ट दशसम्म पुग्नुभएकी गायिका बेनिशा पौडेलको स्वर दिएकी छिन् । प्राज्ञ ज्योति प्रकाशको सङ्गीत तथा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ भने आकाश दाहालले रेकर्ड गरेका हुन् । २०० बढी गीत लेखिसक्नुभएकी खनालका यसअघि पनि धेरै गीतहरू बजारमा आइसकेका छन् । वर्ष सार्वजनिक गरिएको गायक, सङ्गीतकार सरोज कोइरालाको सङ्गीत तथा स्वरमा रहेको माया केवल मायाले तेस्रो सगरमाथा म्युजिक अवार्ड पाइसकेको छ भने त्यो अघि विन्दु परियारको स्वर र लक्ष्मण शेषको सङ्गीत रहेको आमा बोलको गीतले पनि अवार्ड चुमिसकेको छ । यी गीतहरू गीतकारको आफ्नो युट्युब च्यानल दीपुष्पा क्रियसन्स् DeePushpa Creations मा सुन्न सकिन्छ ।

आजै खनालले आफ्नी दिवङ्गत आमा दमन्ता खनालको नाममा स्थापना गरिएको सम्मान पनि वितरण गरिएको छ । यस वर्ष काठमाडौँ मुलपानीकी स्रष्टा निर्मला मुरारी खनाललाई सो सम्मान प्रदान गरियो । नेपाल स्रष्टा समाजका अध्यक्ष तथा पदाधिकारीले स्रष्टाको गाउँमै गएर सम्मान अर्पण गर्नुभएको हो ।

प्रतिक्रिया