अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

नेजाद्धारा सानफ्रान्सिस्कोमा समुदायसँग अन्तरक्रिया

बिआरटीनेपाल २०७९ वैशाख ३ गते १४:४४ मा प्रकाशित

सानफ्रान्सिस्को । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा सामाजिक अभियन्ताहरुसग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

सङ्घको १५ औँ साधारण सभा सानफ्रान्सिस्को सहरमा गर्ने कार्यसमितिको निर्णयसँगै सानफ्रान्सिस्को सहरमा नेजाले सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सङ्घको कार्यसमितिले जुलाई २३ र २४ मा साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभाको मिति घोषणा सगैं आवश्यक तयारीका कार्यहरू पनि सुरु गरिएको छ । यसै क्रममा सानफ्रान्सिस्को सहरमा सामाजिक अभियन्ताहरुसग अप्रिल १०, आइतबार छलफल तथा अन्तर क्रियात्मक कार्यक्रम गरिएको हो । सो अवसरमा सहभागी सामाजिक अभियन्ताहरुले नेजाको आसन्न साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सहभागीहरूले साधारण सभा सफलपार्नका लागि सहयोगको प्रतिबद्धता समेत जनाउनुभएको थियो । कार्यक्रममा सहभागीहरूले सामाजिक सङ्घ संस्थाहरूले गरेका क्रियाकलापहरूलाई सबैमा पुर्‍याउन नेजा संस्था र पत्रकारहरूले खेल्नुभएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुहुदै आगामी दिनमा अझ त्यसलाई प्रभावकारी बनाउँदै लग्नुपर्नेमा जोड दिनुभयो । सहभागीहरूले सञ्चारमाध्यमहरू भनेका समुदायको एउटा महत्त्वपूर्ण अंग भएकाले कुनै पनि सामाग्री सम्प्रेषण गर्नु अघि धेरै विचार पुर्‍याउन आग्रह समेत गर्नुभयो ।

सङ्घका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नुहुदैं गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले नेजा र एनआरएनएका बिच विगत देखिनै सहकार्य हुदै आएकोमा आगामी दिनमा अझ त्यसलाई थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । सङ्घका क्षेत्रीय संयोजक(पश्चिम क्षेत्र)शिव नेपालको सञ्चालनमा भएको कार्यक्रममा सङ्घका महासचिव सुरज भण्डारीले कार्यक्रमको विषय बस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराई, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता तथा नेपाल अमेरिका पत्रकार सङ्घका पूर्व महासचिव तोया दाहाल, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ, एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर राज ढुङ्गाना, ज्ञानेन्द्र गुरुङ, एनआरएनए आइसिसी सदस्य सुरेन्द्र मल्ल, गैर आवासीय नेपाली सङ्घ, अमेरिकाका पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक श्रीराम थापा, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष डिल्ली भट्टराई, एनआरएनए अमेरिका,क्यालिफोर्निया च्याप्टर अध्यक्ष एकदेव शर्मा, सामाजिक अभिन्यताहरु नारायण पोखरेल, प्रितेश कार्की,सूर्य बस्ताकोटी, ईश्वरी सिवाकोटी, उत्तम कार्की, सुरेश हमाल, तेज सापकोटा, राजेश थापा, महेन्द्र बस्नेत, नेजाका साधारण सदस्य सुदर्शन नेपाल लगायतले धारणा राख्नुभएको थियो ।

यसैबिच, सङ्घको आसन्न साधारण सभाको सन्दर्भमा सानफ्रान्सिस्को सहरमा रहनुभएका नेजा सदस्यहरुका बीचमा छलफल सम्पन्न भएको छ । सङ्घका अध्यक्ष विकासराज न्यौपाने र महासचिव सुरज भण्डारीको समेत सहभागिता रहेको छलफलमा सहभागी हुनुभएका सङ्घका सदस्य पत्रकारहरूले साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक पर्ने विभिन्न पक्षका बारेमा धारणा राख्नुभएको थियो । सो अवसरमा सङ्घका क्षेत्रीय संयोजक शिव नेपाल, पूर्व महासचिव तोया दाहाल,सदस्यहरू अनिल पाण्डे, ईश्वरी न्यौपाने, सन्दीप चौधरी, कृष्ण के.सी, यादव दाहालको सहभागिता रहेको थियो ।

यसैबिच, क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा अप्रिल ९, शनिवार आयोजित नेपाल डे परेडमा नेजाले समेत सहभागिता जनाएको छ । सङ्घमा आबद्ध पत्रकारहरूको परेडमा सहभागिता रहेको थियो । सङ्घका अध्यक्ष बिकासराज न्यौपाने, महासचिव सुरज भण्डारी, पूर्व महा सचिव तोया दाहाल, पूर्व सचिव अग्नी चौलागाई, क्षेत्रीय संयोजक शिव नेपाल, पूर्व क्षेत्रीय संयोजक धुव्र कुवर, पूर्व कार्यसमिति सदस्य सन्दीप चौधरी,आजीवन सदस्यहरू अनिल पाण्डे, ईश्वरी न्यौपाने, रामेश्वर भण्डारी, रोशन अधिकारी, सदस्य सुदर्शन नेपाल, हेमराज बराल,आयोजक समितिका संयोजक समेत रहनुभएका एनआरएनए अमेरिका पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक तथा सङ्घका सदस्य श्रीराम थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू