अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

धरानमा गुन्जिए राजेश पायल

बिआरटीनेपाल २०७९ वैशाख ३ गते १४:३४ मा प्रकाशित

धरान । बिहीबार वैशाख १ गते नेपाली नयाँ वर्ष २०७९ को अवसरमा आयोजित साङितिक कार्यक्रममा यो वर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेश पायल राई धरानको बगरकोट नजिकै रहेको लुकुवा फेमिली रिसोर्टमा पुगेका थिए। मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो भन्दै स्टेज प्रवेश गरेका गायक राजेश पायल राईले दर्शकलाई भरपुर मनोरञ्जन गराए । बेलुकी नौ बजे स्टेज उक्लिएका उनले करिब दुई घण्टा दर्शकलाई आफ्नो गलाको कलाले झुमाएका थिए ।

उनले धराने दर्शकलाई दर्शन नमस्ते, नाइँ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा, टल टल, सायारेम, दुई चुल्ठी बाट्नेलाई, हुरुक्कै भए म लगायतका आफ्ना डेढ दर्जन लोकप्रिय गीतहरू पस्किदा दर्शकले लगातार साथ दिई रहेका थिए । राईलाई गीतमा वान्स मोरको वर्षा भएको थियो भने राई इज किङको साङ्गीतिक उपाधि पाएका राईले दर्शक लाई निराश बन्न दिएनन् ।

उनले लगातार आफ्ना पुराना र नयाँ हिट गीतहरू पस्केका थिए । यता नन स्टप चलेको नयाँ वर्षको साङितिक खुसी र उनको प्रस्तुति देश विदेशका दर्शकले पनि फेसबुक लाइभ बाट हेर्न पाइरहेका थिए। लाईक र कमेन्टको वर्षा भएको थियो। व्यस्त गायक राजेश पायल राईको अब भने रोमानिया, सिक्किम, युके, युएसए र क्यानडामा म्युजिकल टुर रहेको छ ।

फोटो: प्रशान्त श्रेष्ठ

प्रतिक्रिया