अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

रुक्सानाको स्वरमा एपीको ‘सम्झना नै आजभोलि’ सार्वजनिक

बिआरटीनेपाल २०७९ वैशाख ३ गते १४:२८ मा प्रकाशित

धरान । द भोइस किड्सबाट चर्चामा आएकी गायिका रुक्साना लिम्बुले साङ्गीतिक कार्यक्रम र स्टुडियोमा गीत रेकर्ड गर्नमा एकदमै व्यस्त भएकी छिन्। दुई दर्जन गीत रेकर्ड गरिसकेकी रुक्शनाको स्वरमा अर्को गीत आएको छ ।

स्व. खेमराज गुरुङको सङ्गीत तथा टिका चाम्लिङको रचना रहेको गायक एपी शेर्पाको लोकप्रिय गीत ‘सम्झना नै आजभोलि’ लाई रुक्साना लिम्बुको स्वरमा किड्स भर्सनको रूपमा रेकर्ड गरी स्टुडियो भिडियो सार्वजनिक गरिएको छ । उक्त गीत गायक एपीलाई चिनाउने गीत हो । २०६६ सालमा सार्वजनिक एल्बम ‘मेहनत’मा समावेश यो गीतले त्यस बेला निक्कै चर्चा कमाएको थियो । त्यही गीतलाई रुक्सानाले एकदमै भावमा डुबेर गाएको र सबैले मन पराउनु हुने कुरामा गायक एपी ढुक्क छन् ।

सिल्भर इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको भिडियोको छायाङ्कन भूपेन्द्र तुम्बाहाम्फे र सम्पादन अर्जुन खड्काले गरेका छन् भने पृथक् स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।

प्रतिक्रिया