अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

भविष्य !

युबराज मैनाली २०७८ फागुन २५ गते १९:०२ मा प्रकाशित

लघुकथा
प्रहरी कार्यालयमा एक हुल मानिस प्रवेश गरे । ‘‘सर, नमस्कार हजुर ! नमस्कार, बसौँ प्रतीक्षालयमा– घाम तापिरहेका प्रहरी प्रमुखले भने । अनुहारमा पीडा, चिन्ता र मनमा त्रास बोकेको रणबहादुरले आफ्ना सबै वेदनाका कारणसहितको वृत्तान्त बतायो ।

‘ ओहो ! जाहेरी दिनोस्, कारबाही गर्नुपर्छ । जाहेरी लेखाउन,वकिल खोज्न सबै प्रहरी कार्यालयबाट बाहिर निस्किए । तुरुन्त अर्को हुल प्रवेश ग¥यो । ‘‘सर, नमस्कार ! भद्रजस्तो देखिने सुटेड्बुटेड् मान्छेले एकछिन् कानेखुसी ग¥यो । पहिले बाहिर निस्किएको रणबहादुरको टोली पुनः प्रवेश गर्‍यो । प्रहरी कार्यालय प्रमुखले आफ्नै कार्यकक्षमा लगे र सम्झाउँदै भने–‘हेर्नोस्, तपाइ पीडामा हुनुहुन्छ । तपाइमाथि अन्याय पनि भएको छ । गर्ने के बगेको खोला फर्कँदैन, गुमेको इज्जत आत्मसाथ हुँदैन, तपाइ भन्नु हुन्छ भने इज्जत नजाने र छोरीको भविष्य पनि सुरक्षित हुने उपाय छ मसँग, के तपाइ मान्नु हुन्छ ?’

‘के उपाय होला ?’ रणबहादुरले सोधे । ‘उमे त पुगेको छैन तर पुलिसले थाहा नपाउने ठाउँमा लगेर छोरीको विवाह त्यही केटासँग गरिदिनोस् ।’रणबहादुरले शङ्का व्यक्त गर्दै भने–‘के त्यस्तो गर्न मान्लान् र ती अपराधपारखहरूले ? प्रहरी प्रमुखले सकारात्मक आश्वासन बाँडे र भने ‘ त्यसको जिम्मा मलाई दिनोस बरु तयारी गर्नुस् ।’

भोलिपल्ट बलात्कार केटाले बलात्कृत केटीसँग क्षमा याचनासहित घर भित्राएको खबर सुनियो । छ महिनापछि एक युवतिको शव कर्णालीमा तैरिँदै किनारामा फालिएको अवस्थामा देखाप¥यो । लास देखा परेको खबर सुनेर घटनास्थल पुगेका प्रहरीले लाशजाँच मुचुल्का लेखिरहेका थिए । लासका छेउमा टुक्रुक्क बसेर रणबहादुर युवतिको लास हेरिरहेको थियो,पुलिस प्रमुख रणबहादुरको अनुहारमा शिर झुकाएर हेरिरहेका थिए ।