अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

“बग्ने पानीले, गीत गाउँदै र नायिका केसीसँग कम्मर मर्काउँदै वरिष्ठ लोक गायक खनाल

बिआरटीनेपाल २०७८ फागुन १५ गते १५:५४ मा प्रकाशित

“बग्ने पानीले, मेरो दिल चोरिन च्यान्टी नानीले” भन्दै वरिष्ठ लोक गायक रामप्रसाद खनालले गीत गाउँदै र चर्चित नायिका रजनी केसी सँग कम्मर मर्काउँदै नाच्दै गर्दा खनालका सहयात्री कलाकार निर्मल शर्मा नाचिरहेकै स्थलमा आइ पुग्छन् र भन्छन् – “ओहो मित्र, तपाईँलाई त नसकिने भो बा, उमेर पचपनका दिल सधैँ बचपनका ! ल बधाई छ !!”

रामप्रसाद खनालको बाउन्नौँ गीति एल्बम “बग्ने पानीले” मा समावेश यो गीत र यसको म्युजिक भिडियो खनालले भर्खरै अमेरिकाबाट रिलिज गरेका छन् । दुई महिना यता ४ गीत रिलिज गरी सकेका खनालको यो गीतमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ । जब खनाल नेपाल पुग्छन् उनले नयाँ नयाँ गीत गाउने र एल्बमहरू प्रकाशित गर्ने गर्छन् । अमेरिकाबाट पनि गीत, कविता, गजल मात्र होइन लेख रचना प्रकाशित गर्ने खनाल नेपाल बाहिर सक्रिय र अग्रणी नेपालीहरू मध्ये अग्र पङ्तीमा पर्दछन् ।

“बग्ने पानीले, मेरो दिल चोरिन च्यान्टी नानीले” यो लोकगीत खनालले एउटा विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो भनेर भनेका छन् । लोकका विभिन्न पिँडा र वास्तविकतालाई गीत कविता र गजलमा उतार्ने खनालले यस पटक मनोरञ्जन दिने फरक शैली अपनाएका छन् नायिका रजनी केसीसँग म्युजिक भिडियोमा । खनाल आफैले रजनी केसी सँग मोडलिङ गरेका छन् । निर्मल शर्माको निर्देशन, सङ्गम बिस्टको कोरियो ग्राफ, राजु केसीको छायाङ्कन रहेको म्युजिक भिडियो युट्युब मार्फत रिलिज गरिएको हो ।

यो गीतका बारेमा खनाल भन्छन् – “मैले जिन्दगीमा धेरै गीत गाएँ । विभिन्न किसिमका गीत गाएँ । लोकगीत, दोहोरी गीत, तीजका गीत, राष्ट्रिय गीत, आधुनिक गीत, सामाजिक गीत, सन्देश मूलक गीत, भजन सबै प्रकारका गीत गाएँ तर यो विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो । जिन्दगीमा मनोरञ्जनको पनि त्यत्तिकै आवश्यकता छ र हुनुपर्छ त्यसैले यस पटक मैले मनोरञ्जनात्मक लोक गीत गाएँ । दर्शक र श्रोताले पक्कै फरक स्वाद ग्रहण गर्नुहुने नै छ मलाई विश्वास छ ”

पछिल्लो समयमा चलचित्रका नायक नायिकाहरू पनि लोकगीत, दोहोरी गीतका म्युजिक भिडियो हरुवा अभिनय गर्न थालेकै बेला परदेशी चलचित्रकी चर्चित नायिका राजनले पनि खनालको यो लोकगीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन । उनले पनि गीत दर्शकहरूले मन पराउने मा आशा बादी छिन ।

स्मरण रहोस् दुई महिना यता रिलिज भएका खनालका ४ गीत मध्ये यो चौथो गीत हो । यस अघि खनालले हे कृष्ण, हे राम भजन, तिम्री आमा मेरी आमा सामाजिक पारिवारिक गीत, एउटा ढुकुर उडिगयो सेन्टिमेन्टल दोहोरी रिलिज गरिसकेका छन् भने अरू ३ वटा गीत रेकर्ड भई सकेका छन् । लोक दोहोरी क्षेत्रका धरोहर, लोक दोहोरी क्षेत्रलाई यहाँ सम्म ल्याइ पुर्‍याउन अभिभाबकिय भूमिका निर्वाह गरेका खनालका हाल सम्म बाउन्न वटा एल्बम प्रकाशित भैसकेका छन् भने उनी अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्षको रूपमा कला क्षेत्रको नेतृत्व गरिरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू