अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

कोलोराडो बोल्डर आगलागीको विपत्ति सहायता निवेदनको म्याद मार्च २ सम्म मात्र

बिआरटीनेपाल २०७८ फागुन १५ गते १५:४६ मा प्रकाशित

डेनभर – बोल्डर काउन्टीका बासिन्दा तथा व्यवसायहरूसँग मार्शल आगलागी र चट्याङ्गका साथको हुन्डरीसम्बन्धी विपत्ति सहायताका लागि निवेदन दिने अन्तिम दिन मार्च २ (बुधवार) हो ।

विपत्ति सहायतामा फीमाबाट पाउने अनुदान, व्यक्ति वा व्यवसायलाई अमेरिकी साना व्यवसाय प्रशासन (एसबीए) बाट कम ब्याजको विपत्ति ऋण वा थप आवश्यकताहरूका लागि अन्य सङ्घीय, राज्य र स्वैच्छिक निकाय कार्यक्रमहरूमा गरिने सिफारिसहरू पर्न सक्छन् ।

बोल्डर काउन्टीका बासिन्दाहरू तथा व्यवसाय-धनीहरूसँग सहायताका लागि निवेदन दिने चार तरिकाहरू छन् । तपाईँको निवेदनको स्थिति जाँच गरिराख्न र अद्यावधहरू गर्नका लागि उही चार तरिकाहरू प्रयोग गर्न सकिन्छ । पहिलो, ८००.६२१.३३६२ मा फोन गरेर । फोनमा कुरा गर्ने व्यक्तिहरू धेरै भाषा बोल्नेहरू छन् । निःशुल्क फोन नम्बर पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार हरेक दिन बिहान ५ बजेदेखि राती ९ बजेसम्म खुला हुन्छ । यदि तपाईँ भिडियो रिले सेवा, क्याप्सन टेलिफोन सेवा वा अन्य जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने उक्त सेवाका लागि फीमालाई नम्बर दिनुपर्छ । दोस्रो, १७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडोस्थित विपत्ति पुन:निर्माण केन्द्र गएर । सेवा समय सोमबारदेखि शनिवार पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म (आइतबारहरू बन्द रहने) । फीमा कार्यक्रमका विशेषज्ञहरू निवेदन र पुनः निर्माण प्रक्रियाहरूसम्बन्धी प्रश्नहरूका उत्तर दिन उपलब्ध छन् । चौथो, अनलाइन DisasterAssistance.gov मा गएर । पाँचौँ स्मार्टफोनहरूका लागि बनाइएको फीमा मोबाइल याप डाउनलोड गरेर ।

बोल्डर काउन्टीस्थित व्यवसाय-धनीहरू र गैर-नाफामूलक संस्थाहरू भौतिक तथा आर्थिक क्षति दुवैका लागि कम ब्याजको अमेरिकी साना व्यवसाय प्रशासन (एसबीए) को २० लाख डलरसम्मको विपत्ति ऋणका लागि योग्य हुन सक्छन् । घरधनीहरू घर क्षतिका लागि २ लाख डलरसम्म ऋणका लागि योग्य हुन सक्छन् । घरधनी र भाडावालाहरूले व्यक्तिगत जेथा प्रतिस्थापन गर्न ४० हजार डलरसम्मको निवेदन दिन सक्छन् । निवेदकहरूले अमेरिकी साना व्यवसाय प्रशासन (एसबीए) को ग्राहक सेवा केन्द्रमा ८००.६५९.२९५५ मा फोन वा disastercustomerservice@sba.gov मा इमेल गर्न सक्छन्, श्रवण-शक्ति कमजोर भएका वा बहिरा (टीटीवाई) प्रयोगकर्ताहरूले ८००.८७७.८३३९ मा फोन गर्न सक्छन् ।

निवेदन दर्ता गरिसकेपछि, निवेदनको स्थिति अद्यावध गर्न वा सहायता योग्यता पुष्टिका लागि जानकारी उपलब्ध गराउन फीमासँग सम्पर्कमा रहनु महत्त्वपूर्ण हुन्छ । अमेरिकी साना व्यवसाय प्रशासन (एसबीए) विपत्ति ऋण निवेदन पूरा गर्न पनि महत्त्वपूर्ण हुन्छ । ऋणको स्वीकृतिले निवेदकलाई त्यो लिनैपर्छ भनेर अनिवार्य गर्दैन तर पुनः निर्माणका थप विकल्पहरू दिन्छ । स्वीकृत नभए पनि, अमेरिकी साना व्यवसाय प्रशासन (एसबीए) निवेदन पूरा गर्नाले फीमा सहायताका लागि थप योग्यता कायम राख्छ ।

विपत्ति सहायता बिमाको विकल्प होइन र विपत्तिबाट भएका सबै हानिको क्षतिपूर्ति गर्न सक्दैन । यो सहायता आधारभूत खाँचोहरू पूरा गर्न र विपत्तिपछिका पुन:निर्माण प्रयासहरूमा पूरकका रूपमा काम गर्नका लागि हो । कानुनतः फीमाले बिमा वा अरू सहायताद्वारा भुक्तान गरिएका सुविधाहरूको ठाउँ लिन सक्दैन । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू