अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

किरण र नागेन्द्रको ‘लौन के गरौँ’मा इस्टु र प्रवीणको रोमान्स

बिआरटीनेपाल २०७८ फागुन ८ गते २०:४७ मा प्रकाशित

काठमाडौँ । साहित्यकार किरण पल्पसा र वरिष्ठ सङ्गीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको लौन के गरौँ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र सङ्गीतको प्रवर्द्धनमा लागि परिरहेकी साहित्यकार किरण पल्पसाको निर्माणमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतमा राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ ।

भिडियोमा हल्का रमाइलोकी चर्चित कलाकार इस्टु कार्की ‘नेप्टी’सँग ह्याण्डसम मोडल प्रवीण डिसीको रोमान्स देख्न सकिन्छ । भिडियोमा एक प्रेमील जोडीको प्रेम कहानी र दिन उमेरमा आँखा हेराहेरैमा हुने प्रेमलाई कलात्मक शैलीमा निर्देशक जस बहादुर याक्खाले देखाएका छन् ।

दीपक गिरीको कोरियोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ । भिडियो निकै नै स्तरिय बनेका कारण दर्शकहरूले रुचाउने कुरामा विश्वस्त रहेको सङ्गीतकार श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू