अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

साउदी अरबमा ड्रोनको छर्रा लागेर एक नेपालीसहित १२ जना घाइते

बिआरटीनेपाल २०७८ फागुन २ गते ५:३५ मा प्रकाशित

साउदी अरबमा ड्रोनको छर्रा लागेर एक नेपालीसहित १२ जना घाइते भएका छन् । यमनको हुथी विद्रोहीविरुद्ध लड्न साउदी अरब नेतृत्वको सैनिक गठबन्धनअन्तर्गतको हवाइ प्रतिरक्षा टोलीले आभा विमानस्थलमा राखेको विस्फोटक पदार्थ भरिएको ड्रोनको छर्रा लाग्दा एक नेपालीसहित १२ जना घाइते भएका हुन् ।

घटनामा एक नेपालीसहित दुई साउदी नागरिक, बंगलादेश, भारत, फिलिपिन्स र श्रीलंकाली पनि घाइते भएको अल अरेविया टिभीलाई उधृत गर्दै रोयटर्सले जनाएको छ ।

साउदी नेतृत्वको सैनिक गठबन्धनले सर्वसाधारण बसोबास गर्ने क्षेत्रलाई ७२ घण्टाभित्र खाली गर्न समेत यमनी राजधानी सानामा बसेका हुथी विद्रोहीलाई चेतावनी दिएको छ । उक्त क्षेत्रमा ड्रोन आक्रमण गर्ने साउदीको तयारी छ । साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीबीच सन् २०१५ देखि युद्ध चल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू