अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 06:51

’ए’ डिभिजन लिग- आर्मी र जावलाखेलले १–१ गाेलकाे बराबरी खेले

बिआरटीनेपाल २०७८ माघ २८ गते ७:११ मा प्रकाशित

शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रवार भएकाे दाेस्राे खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा आर्मी र जावलाखेलले एक–एक गोलको बराबरी खेलेका हुन् । जावलाखेलका लागि ओन्गुना जुनियरले गोल गरे । आर्मीका लागि सुमन अर्यालले गोल गरे ।

आजकाे बराबरीसँगै आर्मी १० खेलमा १८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । यस्तै उति नै खेल खेलेकाे जावलाखेल नाै अङ्कसहित तालिकाकाे ११ औँ स्थानमा छ ।  आजै भएकाे पहिलाे खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजलाई पाँच–दुई गोल अन्तरले हरायाे ।

प्रतिक्रिया