अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१
| Colorodo: 13:16
चीनको बेइजिङमा जारी विन्टर ओलम्पिक–२०२२ को छैटौं दिनमा नर्वे र जर्मनीले सर्वाधिक पाँच स्वर्ण पदक जितेका छन्। हालसम्म २४ राष्ट्रले पदक जित्दा १७ राष्ट्रले स्वर्ण पदक जितेका छन्। जसमा नर्वे सर्वाधिक ५ स्वर्ण, ३ रजत र ४ कास्य सहित १२ पदक जित्दै शीर्ष स्थानमा छ।यस्तै ५ स्वर्ण र ३ रजतसहित जम्मा ८ पटक जितेको जर्मनी दोस्रो स्थानमा छ।
यता, अष्ट्रिया र स्विडेनले ४–४ स्वर्ण पदक जितेका छन्। संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड र चीनले तीन स्वर्ण जितेका छन्। इटाली, रसियन ओलम्पिक कमिटी र स्लोभेनियाले समान दुई स्वर्ण जितेका छन्। यस्तै ९ राष्ट्रले एक-एक स्वर्ण पदक जितेका छन्।