अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 11:02

प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

बिआरटीनेपाल २०७८ माघ २७ गते ६:१५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले बैठक स्थगित गर्न प्रतिनिधिसभा सचिवालयलाई आग्रह गर्नुभएको हो ।

प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका सांसद, जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष पनि सहभागी हुनुपर्ने भएकाले सो दिनको बैठक सार्न माग गरिएको हो ।

संसद सचिवालयले भने सभामुखलाई जानकारी गराएपछि मात्रै बैठक सर्ने वा नसर्ने विषयमा जानकारी दिने बताएको छ । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्ने तयारीसहित गत बुधबारको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेको थियो ।

एमालेले गत भदौदेखि निरन्तर संसद वैठक अवरोध गर्दै आएको छ । पुस महिनामा मात्रै विभिन्न वहानामा ६ पटकसम्म बैठक स्थगित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू