अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

नेपालले युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक एक दिवसिय श्रृंखला खेल्ने

बिआरटीनेपाल २०७८ माघ २५ गते ५:४४ मा प्रकाशित

नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) र पपुवा न्युगिनीसँग आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसिय श्रृंखला खेल्ने भएको छ । युएईले यही मार्च तेस्रो साता नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्क श्रृंखला आयोजना गर्न लागेको हो ।

श्रृंखलाको विस्तृत खेल तालिका सार्वजनिक हुन बाँकी रहेपनि मार्च १५ देखि २२ सम्म शारजाह क्रिकेट रंगशालामा खेलहरु हुनेछन् ।नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक श्रृंखला खेलेको छ ।

नेपालले २०२० मा काठमाडौंमा ओमान र अमेरिकासँग खेलेको थियो भने गत असोजमा ओमानमा ओमान र अमेरिकासँग भिडेको थियो । नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझै एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

अहिलेसम्म ओमान २२ खेलमा २९ अंक जोड्दै शीर्षस्थानमा छ । १२ खेलबाट १६ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा रहँदा १६ खेलबाट १४ अंक जोडेको अमेरिका तेस्रो स्थानमा रहेको छ । युएई ११ अंकका साथ चौथो तथा नामिबिया १० अंकका साथ पाँचौं स्थानमा छ । नेपालको ८ अंक रहँदा पुछारको टोली पपुवा न्युगिनीले अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू