अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

माओवादीले बोलायो केन्द्रीय समितिकाे बैठक, एमसीसीबारे पनि छलफल हुने

बिआरटीनेपाल २०७८ माघ २४ गते ७:०५ मा प्रकाशित

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिकाे बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो ।

कोरोना सङ्क्रमणका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रूपमा नै बस्न लागेको हो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय तहको चुनाव घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गएकाे पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन । बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युराे, स्थायी कमिटीकाे चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू