अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 11:33

एमसीसीमा माओवादी अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको बाबुराम भट्टराईको टिप्पणी

बिआरटीनेपाल २०७८ माघ २४ गते ६:४२ मा प्रकाशित

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाउनु भएको छ । एमसीसीलाई धेरै गिजोलिएमा परिणाम गम्भीर हुने र त्यसले खती मात्र हुने चेतावनी समेत उहाँले दिनुभएको छ । दाहालले भित्रभित्र राष्ट्रघात गर्दै बाहिर राष्ट्रबाद देखाएको भन्दै भट्टराईले माछा देखे भित्र हात, सर्प देखे बाहिर हात नगर्न पनि सुझाउनु भएको छ ।

अध्यक्ष डा. बाबुराम भट्टराईले दाहाललाई कटाक्ष गर्दै भन्नु भएको छ, ‘भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जबसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन’ । प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालले संयुक्त हस्ताक्षरमा एमसीसी मुख्यालयलाई संसदबाट परियोजना पारित गराउने आश्वासनसहितको पत्र पठाइएपछि भट्टराईले यस्तो टिप्पणी गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू