अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना सङ्क्रमण, ८ हजार ७ सय जना निको

बिआरटीनेपाल २०७८ माघ २३ गते ५:४५ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर ९ हजार २ सय ५१ जनाको नमुना परीक्षण गर्दा १ हजार ३ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त विवरणलाई पनि जोडेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ४ जना निको भएका छन् । यस्तै थप ११ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ४५ हजार २ सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ७९ हजार ९ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू