अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 03:02

एमसीसीका विषयमा सभामुख र कानूनमन्त्री बडूबीच छलफल

बिआरटीनेपाल २०७८ माघ २३ गते ५:४१ मा प्रकाशित

कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलन्द्रप्रसाद बडूले एमसीसी सम्झौता संसदमा पेस गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्नुभएको छ । सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा पुगेर आइतबार मन्त्री बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्ने सरकारको तयारी रहेको जानकारी गराउनुभयो ।

सभामुख सापकोटाले भने संसद् बैठक सञ्चालन गर्नेबारे दलहरूले पहल लिनुपर्ने बताउनुभएको थियो । प्रतिनिधिसभाको बैठक माघ २६ गते १ बजेका लागि बोलाइएको छ । सभामुख र मन्त्री बडूबीच करिब १ घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू