अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

दुबई एक्स्पोमा ‘नेपाल डे’ : यूएईद्वारा नेपाललाई सम्मान

बिआरटीनेपाल २०७८ माघ २१ गते ७:१८ मा प्रकाशित

दुबईमा जारी एक्स्पो २०२० (विश्व मेला) मा यूएई सरकारले ‘नेपाल डे’ को रूपमा मनाएको छ । सहभागी देशहरूका राष्ट्रप्रमुख वा सरकारका विशेष प्रतिनिधिको उपस्थितिमा यूएईले सम्मानका रूपमा गर्दै आएको कार्यक्रममा नेपाल डे मनाएको हो । नेपालका तर्फबाट यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको उपस्थितिमा यूएईले नेपाललाई सम्मान व्यक्त गरेको हो । कार्यक्रममा यूएईका विदेश तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्ध सहायक मन्त्री ज्याकुब युसुफ अल हुसेनीको सहभागिता रहेको थियो ।

कार्यक्रममा यूएईले राजदूत ढकालसहित कूटनीतिक प्रतिनिधिलाई विभिन्न बाजागाजा र झाँकीसहित परेडको आयोजना गरेर एक्स्पो स्थल परिक्रमा गरायो ।नेपाललाई सम्मान स्वरूप आयोजना गरिएको नेपाल डे कार्यक्रम नेपाल र यूएईको झण्डोत्ताेलन र राष्ट्रिय धुन बजाएर सुरु गरिएको थियो ।  कार्यक्रममा नेपालबाट आएका सांस्कृतिक संस्थानका कलाकारहरूले नेपालको सांस्कृतिक विविधता झल्कने सङ्गीत र नृत्य प्रस्तुत गरे । नेपालका तर्फबाट प्रस्तुत सङ्गीत र विभिन्न प्रस्तुतिलाई विश्व मेला अवलोकन गर्न आएका विदेशी पाहुनाले नजर तानेको थियो ।

विश्व मेलामा सहभागी राष्ट्रलाई सम्मान स्वरूप हरेक दिन विभिन्न देशको विशेष दिनको रूपमा मनाउँदै आएको छ । मेलामा १ सय ९२ राष्ट्र सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू