अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

भैरहवा विमानस्थल नजिक चट्याङ, विमानस्थल बन्द

बिआरटीनेपाल २०७८ माघ २१ गते ७:०७ मा प्रकाशित

टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल नजिक चट्याङ परेका कारण टावरमा समस्या आएको विमानस्थलले जनाएको छ । शुक्रबार परेको वर्षा र हावासँगै विमानस्थल नजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब चार बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुँडिएको र रन वेको पापी (पिएपिआइ) लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले जानकारी दिनुभयो ।  शनिबार पापी लाइट बने राती अवतरण हुने अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको उहाँले बताउनुभयो ।

विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट विभिन्न जिल्ला जान हिँडेका यात्रु र यहाँ आउने यात्रु प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू