अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

ब्रिफकेस

युवराज मैनाली २०७८ माघ २० गते १७:१२ मा प्रकाशित

‘‘भाइ सर भित्रै ?” उसले गार्डलाई प्रश्न ग¥यो । हात माडेर ‘‘म एकै छिन हेर्छु है हजुर ! ” प्रफुल्लित मुद्रामा ‘‘होइसिन्छ ?” मैले सोधेँ । बैठकमै बोलाइस्स्या छ । गार्डले प्रतिउत्तर दियो । ऊ ब्रिफकेस लिएर भित्र छि¥यो । भित्ताको पनि कान हुन्छ भन्छन् हजुर ! कुरो कतै नजावस् म अरूको भन्दा तेब्बर गर्छु । जसरी पनि मलाई सङ्गठन प्रमुख बनाउनु प¥यो । नेताजीले भने – म पार्टिमा कुरा राख्छु हेरौँला, अहिले जानुस् । म फोन गरौँला ।

भारी बोकेर छिरेको ऊ हलुका बनेर मन चङ्गा र मुहार थुङ्गा बनाउँदै गार्डलाई एउटा बन्डल हातमा थमाउँदै म आएको कतै नभत्रु ल सम्म भन्न भ्यायो ! हवस् गार्डले मुन्टो हल्लायो र मुठो लुकायो । बानी परेको गार्ड आज मात्रै तीन जनाले त्यसै भने । सबैलाई हवस् भन्दै मुठा बटुल्दै ग¥यो । सबैका उत्रै र उस्तै ब्रिफकेस देखे पनि तेस्रो ब्रिफकेसवालाको एउटा मुठोमा डेढवटाको बढी भारी बाँधिएकोले गार्डलाई अनुमान लगाउन गाह्रो भएन ।

रातको १० बजे मन्त्री परिषद्को बैठक बस्यो –प्रहरी सङ्गठन प्रमुखको नियुक्ति, बाढी पीडितलाई राहत र नदी मर्मतको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय सार्वजनिक भयो ।

गार्डले हतार हतार निर्णय हेर्‍यो – कुनचाहिँ ब्रिफकेसको नाम परेछ । उसको अनुमान ठिक भयो उही तेस्रो ब्रिफकेस जुन गह्रौँ र दर्बिलो थियो । अचम्मका ब्रिफकेसहरू पहिला एउटा एउटा जान्छन् अनि समूहमा भित्र हुन्छन् ब्रिफकेसहरू ! निर्णय कसरी केकेका आधारमा गरिँदो रहेछ ? यहाँहरू जानकार नै हुनुहुन्छ ??