अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

नेपालमा कोरोनाबाट एकै दिन १४ जनाको ज्यान गयो, थप ३ हजार १ सय ७५ जनामा सङ्क्रमण

बिआरटीनेपाल २०७८ माघ २० गते ७:१० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ७८ पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै नेपालमा थप तीन हजार एक सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा आठ हजार सात सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख ८७ हजार चार सय ४३ पुगेको छ । अहिले नेपालमा ६३ हजार दुई सय ९६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच नेपालमा थप दुई लाख ६६ हजार पाँच सय ४० जनाले कोरोना खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड २७ लाख २४ हजार आठ सय ३९ मात्रा खोपको प्रयोग भएको छ । यसमा एक करोड ७३ लाख दुई हजार सात सय ८७ जनाले कम्तीमा एक मात्रा, एक करोड ४९ लाख २७ हजार आठ सय ९८ जनाले पूर्ण मात्रा र ४९ लाख ४१ हजार पाँच सय ४१ जनाले अतिरिक्त खोप लगाएका मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू