अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

इन्धनको मूल्यवृद्धि विरुद्ध यातायात व्यवसायीको विरोध

बिआरटीनेपाल २०७८ माघ २० गते ६:४९ मा प्रकाशित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण व्यवसाय सञ्चालन गर्न नसकेको अवस्थामा इन्धनको मूल्यवृद्धिले झन समस्या भएको जनाएको छ ।

गत वर्ष पनि लामो समय सवारीसाधन बन्द रहँदा बैंकको ब्याज र किस्ता तिर्न समस्य भएकाले तत्काल मूल्य वृद्धिको निर्णय फिर्ता लिन महासंघले आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू