अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३
| Colorodo: 04:18
नेपालमा ओमिक्रोनको सह–प्रजाति पनि सक्रिय बनेको बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपाल लगायत विश्वका ५७ मुलुकमा ओमिक्रोनको सब भेरियन्ट (सह–प्रजाति) सक्रिय बन्न थालेको जनाएको हो ।डब्ल्यूएचओका कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले ओमिक्रोनको सब भेरिएन्ट सक्रिय बन्न थालेको जानकारी गराउनुभएको हो ।
तर, यो नयाँ सह–प्रजाति पनि सुरुको ओमिक्रोन भेरियन्ट बीए डट वान जस्तै भएको उहाँको भनाइ छ । यसबाट संक्रमित भएकाहरूमा पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको बताइएको छ । साथै, अहिलेका खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध राम्रो काम गरिरहेको पनि डब्लूएचओले जनाएको छ ।