अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

हूथी विद्रोहीविरुद्ध लड्न अमेरिकाले युएईलाई लडाकू विमान र मिसाइल नष्ट गर्ने युद्धपोत सहयोग गर्ने

बिआरटीनेपाल २०७८ माघ १९ गते ६:३१ मा प्रकाशित

अमेरिकाले यमनको विद्रोही समूहको आक्रमणविरुद्ध युएईको मद्दत गर्ने भएको छ । अमेरिकी रक्षामन्त्री लायड अस्टिन र युएईका राजकुमार मोहम्मद विन लादेन अल नहयानबीच भएको भेटवार्तापछि युएईको मद्दतको लागि जंगी जहाज र फाइटर जेट्स पठाएको बीबीसीले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी विज्ञप्तिमा दुई नेताबीच हूथी विद्रोही हालै गरेको आक्रमणमा युएईका केही नागरिकको मृत्यु भएको विषयमा छलफल भएको जनाइएको छ । हूथी विद्रोहीको आक्रमणका कारण अमेरिका र युएईका सैनिकको सुरक्षामाथि पनि प्रश्न उठाएको पेन्टागनले जनाएको छ ।

रक्षामन्त्री लायडले अमेरिकाले युएईको साथ आफ्नो रणनीति साझेदारीलाई लिएर प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँका अनुसार अमेरिकाले नेवीसँग मिलेर काम गर्ने मिसाइल नष्ट गर्ने किसिमको युद्धपोत युएई पठाउनेछ । यस्तै उसले फाइटर एयरक्राफ्ट पनि सहयोग गर्ने भएको छ । गत महिना युएईमा हूथी विद्रोहीले ड्रोन आक्रमण गरेको थियो, जसमा तीन युएई नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू