अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

कुवेतमा आगलागीमा परी दुई नेपाली महिला गम्भीर घाइते

बिआरटीनेपाल २०७८ माघ १६ गते ६:४२ मा प्रकाशित

कुवेतमा आगलागीमा हुँदा २ नेपाली महिला गम्भीर घाइते भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)  कुवेतले जनाएको छ ।कुवेतको फर्वानिया बल्कस्थित नेपाली बस्ने एक फ्ल्याटमा आगलागी हुँदा भिम कुमारी खत्री र बिमला दर्जी गम्भीर घाइते भएको एनआरएनएले जानकारी दिएको छ ।

शनिबार बिहान करिब ७ बजे विद्युत सर्ट हुँदा भएको आगलागीबाट ४ जना नेपाली भने भागेर ज्यान जोगाउन सफल भएको एनआरएनएले जानकारी दिएको छ । कुवेतस्थित नेपाली दूतावासले भने घटनाका विषयमा अनौपचारिक सूचना पाएको र उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू