अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनको सरकारलाई सुझाव

बिआरटीनेपाल २०७८ माघ १५ गते ६:०४ मा प्रकाशित

सत्ता गठबन्धनमा आवद्ध दलहरुले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।यस्तै, बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए तत्काल प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ । यसअघि शनिबार बिहान सत्तारुढ गठबन्धनबीच स्थानीय तह निर्वाचन सम्बन्धमा छलफल भएको थियो ।

गठबन्धनमा रहेका दलबीच नै स्थानीय तह निर्वाचन सम्बन्धमा सहमति जुट्न नसकेपछि कानूननविद्सहित साँझ छलफलमा बस्ने गरी बैठक स्थगित गरिएको थियो । संविधान र निर्वाचन ऐनमा द्धिविधा देखिएको भन्दै सत्तारुढ गठबन्धनका दलहरुले यसअघि पनि कानूनविद्सँग छलफल गरेका थिए ।

कानुनविद्हरुले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधान अनुरुप बनाउनुपर्ने सुझाव दिएका थिए । कानूनविद्को सुझाव अनुसार सरकारले ऐन संशोधन गर्ने तयारी गरेपछि सरकार र सत्तारुढ गठबनधनले स्थानीय तह निर्वाचन सार्न खोजेको आरोप लागेको थियो । मुख्यगरी विपक्षी दल नेकपा एमालेले ऐन संशोधन गरेर स्थानीय तह निर्वाचन सार्न खाजेको भन्दै सरकारको आलोचना गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय