अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४
| Colorodo: 22:59
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न लिखित रुपमा पत्र नै दिएकोप्रति सत्तारुढ गठबन्धनले विरोध जनाएको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्री देउवालाई शीतल निवास बोलाएर स्थानीय निर्वाचनबारे लिखित रुपमै पत्र थमाउनुभएको थियो । उक्त पत्रमा निर्वाचन सार्न ऐन संशोधनको तयारी हुनु चिन्ताजनक भन्दै यसले निर्वाचनबारे अनिश्चय बढाएको उल्लेख गरिएको छ ।
शनिबार बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिको लिखित पत्रबारे जानकारी गराउनुभएको थियो । त्यसलगत्तै बैठकमा सहभागी नेताहरुले राष्ट्रपतिले प्रधानमन्त्रीलाई चुनाव नसार्न लिखित आग्रह नै गर्नु अधिकारक्षेत्रको उल्लंघन भएकोसमेत टिप्पणी गरेका छन् ।