अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्न प्रेस सेन्टरको भूमिका महत्वपूर्ण -अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ माघ १५ गते ५:०३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १८औँ स्थापना दिवसका अवसरमा शनिवार शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिष्ठान, एसोसिएट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, प्रेस सेन्टरका सम्पूर्ण सदस्य र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा प्रतिगमनविरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । आगामी दिनमा पनि सकारात्मक र प्रभावकारी भूमिका खेल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया