अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा शनिबार मनाङ र एपीएफ भिड्दै

बिआरटीनेपाल २०७८ माघ १४ गते ७:४० मा प्रकाशित

२०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा भोली मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ बर्षपछि फाइनलमा मनाङसंगको भेट पक्का गरेको हो ।

त्यस्तै मनाङ नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै सेमिफाइनल तथा बिहिबार भएको दोस्रो सेमिफाईनलमा आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै १२ औं पल्ट फाइनलमा प्रवेश गरेको हो । मनाङले ६ पटक उपाधि जितिसकेको छ भने एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ ।

यसैबीच, पोखरामा आज आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । कठिन परिस्थितिमा सहाराले प्रतियोगिता आयोजना गर्न मिहिनेत गरे जस्तै आफूहरुले पनि सोही अनुसारको खेलमा मिहिनेत गरेको उहाँले बताउनु भयो ।

त्यस्तै मनाङका प्रशिक्षक फुजा तोपेले एपीएफको प्रर्दशन पछिल्लो क्रममा राम्रो रहेको र आफुहरुलाई राम्रो प्रदर्शन गर्न दबाब रहेको एपीएफका प्रशिक्षक कुमार थापाले बताउनु भयो । उहाँले उपाधि जित्ने गरी आफूहरुले खेल प्रदर्शन गर्ने पनि दावी गर्नु भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू